समाचार

४ किलो चरेशसहित एक जना पक्राउ



काठमाडौं, १८ मंसिर । महानगरीय प्रहरी वृत्त, थानकोटले ४ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ५६७ नम्बरको बसबाट मकवानपुर थाहा नगरपालिका-७ का १९ वर्षीय श्यामलाल तामाङलाई चरेशसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।