काठमाडौँ, १९ मङ्सिर । सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतका बारेमा आइतबार संसदीय सुनुवाई गर्ने भएको छ ।
संसदीय सुनुवाई विशेष समितिको आज विहान बसेको बैठकले चारै देशका लागि सिफारिस भएका रादूतहरुलाई सुनुवाईका लागि मंसिर २३ गते आइतवार बोलाउने निर्णय गरेको छ ।
सरकारले इजरायलका लागि अञ्जान शाक्य, भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र युएईका लागि कृष्ण ढकाललाई सिफारिस गरेको छ ।
उहाहरुविरुद्ध समितिमा कुनै उजुरी परेको छैन । सुनुवाईअघि समितिले मंसिर २१ गते शुक्रबार पाँचजना पूर्व राजदूतसँग छलफल गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्