काठमाडौं, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक पत्रकारहरुलाई प्रतिपक्षी दलजस्तो नबन्न आग्रह गरेका छन् ।
नेपाल आर्थिक पत्रकार संघको चौथो महासभा आज उद्घाटन गर्दै मन्त्री खतिवडाले प्रतिपक्षी दल जस्तो भूमिका नदेखाउन आर्थिक पत्रकारहरुलाई आग्रह गरेका हुन् ।
सरकारका कमजोरी देखाइदिने तथा सचेत गराउने काम राम्रो भएको भन्दै उनले भने ‘तपाईहरु भनेको पत्रकार हो, प्रतिपक्षी दल होइन । प्रतिपक्षी दलको भूमिका र पत्रकारको भूमिका फरक हुन्छ’ अर्थमन्त्री खतिवडाले भने, ‘म ढिलोढिलो राजनीति बुझ्दैछु । योभन्छु कि पत्रकारहरुले राम्रो र नराम्रो दुबै भन्नु पर्छ ।’
प्रेस स्वतन्त्रता र आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अर्थमन्त्रालय र आफू सँधै तयार रहेको समेत बताए । साथै उनले सबै पत्रकारहको हकहितको सुरक्षणका लागि सधै अग्रसर हुन संघलाई आग्रह गरेका छन ।










प्रतिक्रिया दिनुहोस्