सम्पादकीय

प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीसहित २१ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर



प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका ३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्। भगत नेपाली सेनाका भगौडा हुन्। उनले रिट निवेदनमा प्रधानमन्त्रीदेखि गृहमन्त्री, सेना र प्रहरीका प्रमुखसम्म २१ जनालाई विपक्षी बनाएका छन्।

भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वाइसीएलको स्थानीय नेताका रुपमा काम गरेका थिए।

भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो। प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको छ ।

भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो। हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन्। खबर अाजकाे नागरिक दैनिकमा छ ।