काठमाडौँ, २३ मङ्सिर । काठमाडौँ उपत्यकाको तापक्रम घट्ने क्रममा आइतवारको तापक्रम यो वर्षकै न्यून भएको छ ।
मौसम विभागका अनुसार आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । शनिबार ५ दशमलव २ मापन गरिएको काठमाडौंको तापक्रम मापन गरिएको थियो ।
यस्तै आइतबार दिउँसो पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी भेगका १, २ ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्