घोराही उपमहानगरपालिका–१४ मा मनबहादुर पुनमगरको ८८औँ जन्मदिनका अवसरमा उनका छोराहरुले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
शिविरमा स्थानीय ढोडेनी टोल विकास समिति र अन्य टोलका स्थानीयवासीलाई लक्षित गरी शिविर आयोजना गरिएको जनाएको छ ।शिविरमा दन्त र आँखाबाहेक सबै रोगको स्वास्थ्य जाँचको व्यवस्था साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
स्थानीय ढोडेनीमा यसअघि स्वास्थ्यका कुनै पनि शिविर भएका थिएनन् । यसअघि उनीहरूले ढोडेनी मा रु ४५ लाख खर्च गरेर मनदिल भ्यूटावर निर्माण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्