रोचक

बन्दा किन्दा एक महिला करोडपति



एजेन्सी, अमेरिकाको मेरिल्याण्डमा बस्ने वनिरस्सा नामकी एक महिला बन्दाका कारण करोडति बनेकी छिन् ।

उनलाई आफ्नु बुवाले पठाएर तरकारीका लागि बन्दा किन्न बजारमा जादै गर्दा बाटोमा भाग्यचिट्टा काट्ने पसलमा भिड देखेर उनीपनि त्यहाँ छिरेकी थिइन् । त्यहाँ उनले एउटा चिट्ठा काटिन् र त्यसपछि बन्दा पनि किनेर घर फर्किन् ।

घरमा आएर उनले लटरी टिकट स्क्रयाच गरिन्, वास्तवमा उनी निकै नै भाग्यमानी सावित भइन् । उनको चिट्ठामा २ लाख २५ हजार डलर परेको थियो । उनले त्यो  पैसा उनी आफ्नो बुढेशकालका लागि बचाएर राख्न साथै उनि डिज्नी वल्र्ड घुम्ने सपना पूरा गर्न चाहन्छिन् ।