काठमाडौं, २४ मंसिर । आज काठमाडौंको तापक्रम हिजोभन्दा केही बढेको छ । काठमाडौंसहित तराईका केही ठाउँमा कुहिरो लागेको छ ।
आज दिउँसो एकछिन मौसम खुलेजस्तो भए पनि पूर्णरुपमा खुल्ने सम्भावना नरहेको मौसमविद्ले जनाएको छ । आइतबार ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार ५ डिग्री सेल्सियस पुगेको छ ।
मौसमविदका अनुसार अब चिसो बढ्दै जाने साथै दिउँसो पहाडी भेगमा आशिंक बद्लीको सम्भावना रहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्