कास्की, २५ मंसिर । नक्कली लाइसेन्स बनाइ फेसबुकबाट ठगी गर्ने १ जना पोखराबाट पक्राउ परेको छ ।
लाइसेन्स बनाइदिने भन्दै ३५ देखि ४५ हजार रुपैयाँसम्म असुलेको उजुरीको आधारमा पर्वतका सरोज चपाईंलाई कास्की प्रहरीले पक्राऊ गरेको जनाएको छ ।
चपाईंले लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज अरु नै ब्यक्तिबाट पठाउने र आइएमईमार्फत रकम मगाउने गरेको र नक्कली फेसबुकबाट कुरा गरेर धेरैसँग पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
साथै उनको कोठाबाट २ जनाको नक्कली लाइसेन्स समेत फेला परेको प्रहरीले जनाएको छ । उनलाई मंगलबार मुद्धा चलाएर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्