Banner News

अर्थ र कृषि, सहकारी समितिको संयुक्त बैठक स्थगित



काठमाडौं, २५ मंसिर । आज मंगलबार सिंहदरबारमा संघीय संसद अन्तरगतको अर्थ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको संयुक्त बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

अर्थ समितिका सांसदहरुको अनुपस्थित भएपछि  १२ बजेसम्म पर्खंदा पनि कोरम नपुगेपछि बैठक स्थगित भएको हो ।

संयुक्त बैठकका लागि मस्र्याङदी–२, जलविद्युत आयोजनाको लाइसेन्स खरिद बिक्रीबारे विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो।

लाइसेन्स लिने तर आयोजनाको काम अघि नबढाउने कम्पनीलाई कारबाहीको दायरामा ल्याउने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । अर्थ समितिले त्यस सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गर्ने योजना पनि बनाएको छ ।