काठमाडौँ, २६ मङ्सिर । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले मुक्तिनाथ विकास बैंकको नयाँबानेश्वरमा रहेको एटिम मेशिन फोर्ने एकजना र ५ वटा अलग÷अलग कोठामा चोरी गर्ने एकजनालाई पक्रन सफल भएको छ ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार नयाँबानेश्वरमा रहेको मुक्तिनाथ विकास बैंकको एटिएम मेशिन गत मंसीर ११ गते राती १ बजेतिर फलामको रडले तोडफोड गर्ने कार्यमा संलग्न सिराहा जिल्ला सुखीपुर नगरपालिका ६ निवासी १८ वर्षे किशोर यादवलाई पक्राउ गरिएको हो ।
एटिएममा राखिएको सिसीटिभी फुटेजका आधारमा तोडफोडमा संलग्न यादवलाई २ हप्ताभित्रै प्रहरीले नयाँबानेश्वरबाट पक्रन सफल भएको हो । एटिएम मेशीन तोडफोडमा प्रयोग भएको करीव २ फुट लामो फलामे रड पनि अभियुक्त यादवबाट प्रहरीले वरामद गरेको छ । एटिएम मेशीन तोडफोड गरेपनि यादवले पैसा भने चोरेर लैजान नसकेको प्रहरीको भनाई छ ।
यसैगरि स्थानीय सुविधानगरस्थित सविता पराजुली, कविता चौलागाई र नित्यम ठाकुर र अन्य २ जना व्यक्तिसमेतको कोठाबाट मंगलबार अपराह्न ३ बजेतिर नगद, सुनको गहना, ल्यापटप, मोवाइल चोरी गर्ने मकवानपुर जिल्ला पौरही घर भई हाल चावहिल बस्ने वर्ष १८ को नविन बि.क.लाई पनि नयाँबानेश्वर प्रहरी वृत्तले कोठा फोर्न प्रयोग भएको २ थान हतियार सहित पक्रिन सफल भएको छ ।
ती दुवैजना १८ वर्षे अभियुक्तलाई आवश्यक कारवाही भईराखेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्