समाचार

अपाङ्गमैत्री वातावरण : सञ्चार माध्यमको भूमिका महत्वपूर्ण



काठमाडौँ, २७ मङ्सिर । नेपालमा मात्र नभई विश्वमा अपाङ्गलाई अपाङ्गमैत्री वातावरण, जनचेतना, जागरुक, उत्साह, उत्प्रेरणा लगायतका कार्यहरुको बारेमा जनतालाई सुशोचित गराउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

नेपालको संविधानले कुनै पनि नागरिकमा समान हक तथा अधिकारलाई ग्यारेन्टी गरिएको भनेर उल्लेख गरेता पनि व्यवहारिक रुपमा भने त्यो लागु भएको देखिदैन । सामान्य उदाहरणको रुपमा लिन सकिन्छ कि, आखाँ नदेख्ने मानिसलाई कुनै पनि बैंकले एटिएम उपलब्ध गराउँदैन ।

अपाङ्गगतामैत्री सञ्चार निर्देशिकाले स्पष्ट रुपमा तोकेको छ कि अपाङ्गता भएका व्यक्ति भन्नाले ‘शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालिन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधको कारण अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति हुन ।’

संविधान तथा सञ्चार निर्देशिकाले व्यवस्था गरे अनुसार अपाङ्गगता भएका समुदायका लागि सञ्चार माध्यमका लागि पनि अपाङ्गगतामैत्री सञ्चार निर्देशिका प्रेस काउन्सिलले ल्याएता पनि त्यसलाई कडाइका साथ लागु गरेको पाइदैन । व्यवस्थामा स्पष्ट ल्याएता पनि व्यवहारिकतामा भने त्यसको प्रयोग कमै मात्रामा भएको पाइन्छ ।

नेपालमा अपाङ्गता भएको व्यक्तिहरुको समानताका विषयमा एउटै दिनमात्र आवज बुलन्ध हुन्छ त्यो दिन हो, अन्तराष्ट्रिय अपाङ्ग दिशव । केवल एक दिन मात्र आवाज बुलन्द भएर उक्त समुदायका मानिसको वास्तविकता आम नागरिकमा जगजायर हुन सक्नदैन । त्यसबाट मात्र समान हक र अधिकार स्थापित हुन सक्छ कि अपाङ्गता भएका व्यक्ति वा समुदायको आवाज देश तथा विदेशमा दैनिक रुपमा कुनै पनि संघ संस्था, राजनैतिक दल, नेता, सम्बन्धीत निकाय तथा मिडियाकर्मीले कलम र आवाजको माध्यमले जनतामा सुशोचित गराउँछन्, तब मात्र समानताको महशुस हुन्छ ।

उक्त समुदायका मानिसमा आत्मसम्मान र मानिसको जीवनमा प्रयोग गरीने शब्दहरुलाई मुख्य रुपमा हेर्न सकिन्छ । आत्मसम्मानका साथ बाँच्न पाउने मानिसको नैसर्गिक अधिकार हो । तर अपाङ्गता भएका व्यक्तिहरुलाई त्यो अधिकार पाउन कठिन भइरहेको तितो यथार्थ रहेको छ । अपाङ्गता भएका मानिसलाई विभिन्न भनाईमा जोड्नु नै गलत प्रवक्ति भएको देखिन्छ । जस्तै कुनै पनि सरकारले अपेक्षा अनुसार काम गर्न सकेन भने वा कुनै कुरा नसुनेमा अन्धो सरकार, बैरो सरकार जस्ता शब्दहरु प्रयोग हुन दुःखद् देखिन्छ । यस्ता यावत शब्दहरु छन् जसले अपाङ्गता भएका समुदायलाई प्रत्यक्ष रुपमा कमजोरी भएको भनि विश्लेषण गर्ने गर्छन् । खोई कहाँ पालना भयो त अपाङ्गगतामैत्री शब्दहरुको आचारसंहिता ?

राज्यका कुनै पनि अंग तथा निकायमा समेत यसको प्रयोग हुन नसक्नु उक्त समुदायका मानिसमा मात्र नभई आम जनतामा नै दुःखको कुरा हो । सवारी सधान, शैक्षिक संस्था लगायतका नेपालमा रहेका सवै संघ संस्था तथा भवनहरुमा उस्तै समस्या रहेका छन् । उदाहरणका लागि एउटा विद्यालयमा अपाङ्गतामैत्री शौचालयको समेत व्यवस्था हुँदैन जहाँ मानवता कहाँ होला ? भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।

यसै सवालमा नेपाल अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष निर्मला धिताल भन्नुहुन्छ, ‘मिडिया नै अहिलेको जनचेतना तथा खबरदारी गराउने मुख्य कडि हो जसले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अपाङ्गगता भएका व्यक्ति वा सुमदायको आवाज विश्वसामु बुलन्द हुन्छ, परिवर्तनको ढोका खुल्छ । अपाङ्गगता भएका व्यक्तिहले पनि सवै नागरिक समान हक र अधिकारका दावेदारी हुन । त्यस्तैले यो समुदायका मानिस पनि नकरात्मक ठेस नपुग्ने गरी आत्मसम्मानका साथ बाँच्न पाउनुपर्छ ।’