Banner News

टेलिकम इन्टरनेटको मूल्य घटाउन मन्त्री बास्कोटाको प्रतिबद्धता



काठमाडौं, २८ मंसिर । सरकारले नेपाल टेलिकमको इन्टरनेट लागत घटाएर मूल्य कम गर्ने  घोषणा गरेको छ ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विदेशबाट ल्याउने ब्यान्डवीथको मूल्य घटाएर उपोक्ता मूल्य घटाउने बताएका छन ।

टेलिकमले अहिले प्रति एमबीपिएस १८ अमेरिकी डलर भारत र चीनलाई तिरिरहेको  छ । उक्त मूल्य समायोजन गरेर कम्तिमा १२ डलरमा झारिसक्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन ।

उनले भने ‘म मन्त्री भएर आउँदा टेलिकमले ३० डलर तिरिहेको थियो त्यही बीचमा सिधै मूल्य घटाउन मिल्दैन थियो तर हामीले सहमति गरेर १८ डलरमा झारिसकेका छौ अब पहि हामी छलफलकै क्रममा छौ यसबाट न्यूनतम ६ डलर मूल्य घट्ने छ’ उनले भने, ‘६ डलर घट्दा हामीले अहिलेको भन्दा धेरै ब्यान्डवीथ थोरै पैसामा ल्याउछौ जसबाट क्षमता विस्तार गर्छौ भने अर्कोतिर सस्तोमा उपभोक्तालाई दिन सक्छौ ।’