राजनीति

दुई वर्षभित्रमा सम्पूर्ण पूनःनिमार्णका कार्य सम्पन्न : मन्त्री अधिकारी



काठमाडौँ, २९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले रवीन्द्र अधिकारीले आगामी दुई वर्षभित्रमा भुकम्पका कारण भत्कीएका सवै संरचनाहरुको पूनःनिर्माण गरिसक्कने दावि गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको २४ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले काठमाडौं महानगर सांस्कृति महानगर भएकोले यसले सबै संस्कृतिको विकासले नेपाललाई विश्वसामु परिचित गराएको बताउनुभयो ।

विश्वसामु नेपाल कला, संस्कृतिमा धनी रहेको बताउँदै मन्त्री अधिकारीले महानगरले यसको पुनर्निर्माणका लागि जुन ढंगले काम गरेको छ त्यो पनि प्रशंसनीय भएको बताउनुभयो । उहाँले धरहरा, काष्ठमण्डपलगायत सम्पदा निर्माणलाई महानगर र मन्त्रालय मिलेर आगामी २ वर्षमा सम्पूर्ण पुनर्निर्माणको काम सकिने बताउनुभयो ।

मन्त्री अधिकारीले पर्यटनका माध्यमबाट आर्थिक तथा सामाजि विकासलाई मुलुकलाई समृद्ध बनाउन मूख्य भूमिका रहने बताउनुभयो । उहाँले काठमाडौंलाई सफा र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।