रुकुम पश्चिम, २ पौष । रुकुम पश्चिम जिल्लाको मुसिकोट नगरपालिकामा रक्सी खाएका कारण ३ जनाको मृत्यु भएको छ ।
मृत्य हुनेमा ६३ वर्षीय खम्बु कामी, ५४ वर्षीय कमानसिङ सार्की र २१ वर्षीय पलबहादुर विकको आइतबार एक स्थानीयको बिहेको भोजसहित मदिरा सेवन गरेर सुतेका उनीहरुको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
विषाक्त रक्सी सेवन गरेका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै ५ जनामध्ये ३ जना मृतकले सेवन गरेको रक्सी र अरु २ जनाले सेवन गरेको रक्सी फरक–फरक पाइएको पनि प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्