विश्व

अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति उत्तर कोरियाको आपत्ति



एजेन्सी, २ पौष ।  उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ ।

जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो ।

सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निशस्त्रीकरण गर्ने बारेमा हस्ताक्षर गरेका थिए । वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ । उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दीहरु तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ ।

अमेरिकी विदेश मन्त्रालयले हरेक हप्ताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाले पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निशस्त्रीकरणको लागि प्रक्रियाको आरम्भ नै नगरेको बताउने गरेको छ ।