स्वास्थ्य

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट



दमौली, ३ पौष  । दमौली जिल्लाका पत्रकारहरुलाई अस्पताल विकास समितिले उपचारमा २० प्रतिशत छुट दिने भएको  छ ।

सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको हो ।

अस्पताल विकास समितिकाअध्यक्ष प्रदीपराज अधिकारी भने, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर यस्तो निर्णय गरेका हौँ ।” साथै “अस्पताल आउने बिरामीलाई यहाँको वातावरण देखेर नै मानसिक रुपमा स्वस्थ भएको महसुस गराउन सरसफाइ अभियान पनी थालेका छौँ ।”