काठमाडौं, ४ पौष । ललितपुरमा २ जना युवाले ट्याक्सी चालकलाई आँखा फुटाएर नगद र मोबाइल लुटेका छन् ।
पुल्चोकबाट शंखमुल जाने भनेर बा १ ज ६१५७ नम्बरका ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेर चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल समेत उनीहरुले लगेका छन् ।
चालक खड्काको देब्रे आँखामा चोट लागेको छ । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।
घटनामा संलग्नको पहिचान नभएको र हुलिया पहिचान गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्