काठमाडौं, ४ पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले चिनी उद्योगीहरुलाई उपभोक्ताको हितबारे सोच्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिमा बुधबार बोल्दै अर्थमन्त्री खतिवडाले उद्योगीलाई सरकारले गर्नु पर्नु सहयोग गरेको भन्दै उपभोक्ता हितबारे सोच्न उनले उद्योगीलाई आग्रह गरेका छन ।
उनले चिनी उद्योगीलाई भने, तपाईहरुले सहुलियत पाएपछि उपभोक्तालाई पनि त सहुलियत दिनुपर्छ । ‘१५ प्रतिशतबाट भन्सार महशुल बढाएर ३० प्रतिशत बनायौ, अब उद्योगीले यो कुरालाई मनन गर्नु पर्छ,’ अर्थमन्त्री खतिवडाले भने, ‘खुला बजार अर्थतन्त्रमा धेरै समय भने यसरी संरक्षण गर्न सक्दैनौं ।’
19 December 2018 15:22 PM










प्रतिक्रिया दिनुहोस्