काठमाडौं, ४ पौष । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि चाइना रेल्वे २५ औँ ब्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ ।
बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच चक्रपथमा मोनोरेल सञ्चालनका लागि डीपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
महानगरपालिकाका मेयर शाक्यका अनुसार एक वर्षभित्र डीपीआर तयार पारिसक्ने गरी समझदारी गरिएको र ३ वर्षभित्र त्यो रेलसेवा काठमाडौं र ललितपुर महानगरपालिकाभित्र रहेको चक्रपथमा सञ्चालन गर्ने योजना बनाइएको बताएका छन ।
डीपीआरको खर्च पनि चिनियाँ कम्पनी सीआरसीसीले नै व्यहोर्नेछ । काठमाडौं महानगरपालिकाका मेयर शाक्यले प्रतिवेदन ६ महिनाभित्रै आउने विश्वास व्यक्त गर्दै निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताएका छन ।
साथै मेयर शाक्यले त्यसभन्दा कम लागतमा मोनोरेल सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।










प्रतिक्रिया दिनुहोस्