काठमाडौं, ४ पौष । एनआईसी एसिया बैंक लिमिटेडको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुधबार साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनपारित गर्नुको साथै लेखापरीक्षण प्रतिवेदनसहित २०७५ असारको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडसहितको आ.व. २०७४/७५ को एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब १४५ रुपैयाँ अर्बसहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा पहिचान बनाउन सफल भइसकेको बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्