डडेल्धुरा, ५ पुस । डडेल्धुरामा आगोको धुँवाले निसास्सिएर १ जनाको मृत्यु भएको छ ।
बुधबार राति डडेल्धुरामा बस्ने १३ वर्षीय विनोद भट्टको निसास्सिएर मुत्यु भएको र विनोदकी आमा हिरा भट्ट गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । हिरालाई बिहीबार बिहान डडेल्धुरा अस्पतालले उपचारका लागि धनगढी रेफर गरेको छ ।
जाडोले गर्दा आगोका कोइलाहरु राखेर ढोका थुनी कोठामा सुतेका आमाछोरा बिहीबार बिहान बेहोस अवस्थामा फेला परेका थिए ।आमाछोरालाईनै उपक्षेत्रीय अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउने वित्तिकै विनोदलाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्