काठमाडौं, ५ पौष । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरबीच भेटवार्ता भएको छ ।
अमेरिकाको राजधानी वाशिङ्टन डिसीमा बिहीबार मन्त्री ज्ञवालीले एसिया तथा प्यासिफिक सुरक्षा मामिलाका उपचसचिव रन्डल श्राइभरसँग भेटवार्ता गरेका छन ।
भेटमा आपसी हित र नेपाली सेनाको क्षमता विकासका बारेमा छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ । यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल पोम्पियोसँग भेटवार्ता गर्नु गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्