भक्तपुर, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलद्वारा अरनिको राजमार्गको दोस्रो चरणको सफाई कार्यक्रमको समापन तथा हनुमन्ते नदी सफाई अभियानको सामाजिक सेवा उद्घोष सार्वजनिक कार्यक्रम हुने भएको छ ।
शनिबार विहान ७ः३० बजे अरनिको राजमार्ग अन्तरर्गत राधेराधेमा उक्त कार्यक्रम हुने भएको हो ।
नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भइरहेको उक्त सफाई अभियान ‘उठौं जागौं भक्तपुर सफा, हराभरा र समृद्ध बनाउन आजैबाट लागौं’ भन्ने मूल नाराका साथ शुरु गरिएको उक्त अभियानले समग्रतामा सार्थकता पाएको छ ।
आगामी दिनमा केन्द्रिकृत नभई विकेन्द्रीकृत प्रणालीमा सफाई अभियान सञ्चालन गर्ने सांसद बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार शनिवार हनुमन्ते नदी विशेष सफाई कार्यक्रम हुने र मंगलबार राजमार्ग तथा आफ्नो ठाउँ विशेष सफाई हुने भएको छ ।
विकेन्द्रीकृत प्रणाली अनुसार स्थानीय जनप्रतिनिधिको नेतृत्वमा उक्त अभियानले निरन्तरता पाउने तथा नयाँ नयाँ योजनाका साथ भक्तपुरमा हुने दुर्घटनाको न्युनिकरण, लागुऔषधको अन्त्य, विभिन्न प्रकारका हिंसाजन्य क्रियाकलापको अन्त्य गराउन प्रभावकारी ढंगले अनुगमन तथा कारवाहीको प्रकृया अघि बढाउने सांसद बस्नेतले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्