समाचार

धरहराको पुनर्निमाण शिलान्यास पुस १२ गते



काठमाडौं, ८ पौष । विनाशकारी भूकम्पले भत्किएको धराहराको पुनर्निमाण शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुस १२ गते हुने भएको छ ।

शिलान्यासपछि धरहरा पुनर्निर्माणको कामले गति लिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभागले जनाएका छन ।

भत्किएको धरहरालाई संरक्षण गर्न चारैतिरबाट प्रोटेक्सन पालिङको काम भइरहेको छ भने ‘धरहराको ठूटोमाथि छत राख्ने काम सकिएको जनाएको छ ।

अब बन्ने धरहरा ११ तलाको बन्नेछ भने लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ साथै २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।