Banner News

विकासको लक्ष्य हासिल तथा सुशासन कायम गर्न सुरक्षामा लगानी : गृहमन्त्री थापा



काठमाडौँ, ८ पौष । गृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्दै विकासको लक्ष्य हासिल तथा सुशासन कायम गर्न सुरक्षामा लगानी गर्नु अनिवार्य रहेको बताउनुभएको छ ।

गृहमन्त्रालयमा आज आयोजित मन्त्रालयको आव २०७५/०७६ को प्रथम चौमासिक प्रगति समीक्षा र गृहमन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र विकास अन्तर सम्बन्धित रहेको भन्दै सुरक्षा क्षेत्रमा राज्यले लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताउनुभएको छ ।

उहाँले सुरक्षा क्षेत्रमा अत्याधुनिक प्रविधिका सामग्रीहरु बढाउँदै लैजानुपर्ने भन्दै मन्त्री थापाले लगानीको लागि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालजस्ता निकायले बुझेर सोहीअनुरुपको सहयोग गर्नुपर्ने बताउनुभयो ।