एजेन्सी, १० पौष । इन्डोनेसियामा सुनामीको कारण मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।
प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्ने आशंका गरिएको छ ।
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको यी इलाकामा अहिले पनि आपतकालीन सेवा पुर्याउने कोसिस जारी छ ।
इन्डोनेसिया सरकारलेफेरी पनी सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्