समाचार

आजको मौसम



काठमाडौं, ११ पौष  ।  काठमाडौं सहित देशभरीनै चिसो बढ़ेको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ ।

काठमाडौंको आज बिहानको तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने जुम्लाको तापक्रम माइनस ७ दशमलव २, जीरीको माइनस ३ दशमलव २ डिग्री र जोमसोमको माइनस २ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको छ  ।

चिसो बढेपछि हिमाली क्षेत्रका विद्यालय बन्द भएका छन् । बुधबार पश्चिमी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।