समाचार

दुई दिन सार्वजनिक बिदा



काठमाडौँ, ११ पौष । संघियताको कार्यान्वयनसँगै स्थानीय तहले आफ्नो ठाउँ र परम्परा अनुसार आवश्यकतालाई मध्यनजर गर्दै सार्वजनिक विदा दिने गरेको छ ।

यसै सवालमा तुलसीपुर उपमहानगरपालिका  दाङले स्थानीय पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङहरूको पर्व तमु ल्होसार र थारु जातिको पर्व माघीमा बिदा दिने निर्णय गरेको हो। तमु ल्होसारको अवसरमा पुस १५ गते र माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।