स्वास्थ्य

महिनावारी भएका महिला कर्मचारीलाई ३ दिन विदा



महिनावारी भएका बेला महिला कर्मचारीलाई ३ दिन तलवी विदा दिने इटालीको संसदले कानुन निर्माण गर्ने भएको छ ।

महिनावारी भएका बेला महिलालाई तल्लो पेट तथा कम्मर दुख्ने, डिस्मेनोरियाको समस्या देखिने भएकोले ३ दिन तलवी विदा दिन प्रस्ताव गरिएको हो ।

युरोपभर महिला कर्मचारीको संख्या ७२ प्रतिशत रहेको छ । विदा पाउनका लागि डिस्मेनोरियाको अवस्था भएको भन्दै डाक्टरबाट प्रमाणित कागजातपत्र पेश गर्नुपर्ने छ ।

जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसिया लगायतका मुलुकमा महिला कर्मचारीले तलवी विदा पाउने नियम लागु हुँदै आएको छ ।