समाचार

७ वर्षकी बालिका बलात्कृत



सप्तरी, ११ पौष । सप्तरीमा ७ बर्षकी बालिकालाई घरमा कोही नभएको बेलामा ललाई फकाई खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई बलात्कार गर्ने अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीलेब पक्राउ गरेको छ ।

पीडित बालिकालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि अत्यधिक रक्तश्रावका कारण थप उपचारका लागि धरान लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।