पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको छ ।
समाचारकाे अनुसार ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेपछि उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।रोशन सिंह भनिने मुन्ना सिंहले समिर मन्सुरीलाई खुकुरी हानेको आरोप लागेको छ ।
तर,बचाउन गएका उपाध्यक्ष समिर हुसैनलाई खुकुरीले लागेको प्रत्यक्षदर्शीले बताएका छन् । कांग्रेसभित्रको गुट उपगुटका कारण विद्यार्थीहरुबीच खुकुरी हान्नेसम्मको घटना भएको कांग्रेसका एक नेताले बताए । यो खबर आजको नेपाल समाचारपत्रले छापको छ ।










प्रतिक्रिया दिनुहोस्