काठमाडौं, १२ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारामा धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् ।
आज बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायत उपस्थित छन् ।
प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी(रमन जेभीलाई दिएको छ ।
नयाँ बन्न २२ तले धरहरा आधुनिक र सुविधासम्पन्न हुने बताइएको छ । धरहरा बनाउन सरकारले २४ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ ।










प्रतिक्रिया दिनुहोस्