काठमाडौँ, १३ पौष । काठमाडौँको बालाजु वाइपासमा टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपरले चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडामा चिया बेच्दै आएका धादिङको धुनिवेशी नगरपालिकाका दलबहादुर बिसुंखेको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि सडकपेटीमा चिया बेचिरहेका दलबहादुर बिसुंखेको ज्यान गएको छ । घाइते हुनेहरुमा दलबहादुरकी श्रीमती सानोनानी र नुवाकोट ककनीका प्रज्ञारत्न लामा रहनुभएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्