समाचार

मनाङमा हिमपात : जनजीवन कष्टकर, तापक्रम पनि माइनस २० डिग्री



मनाङ, १३ पौष । चिसो बढेसँगै मनाङमा भएको हिमपातका कारण त्यहाँका मानिसको जनजीवन कष्टकर भएको छ ।

बिहीबार दिउँसदेखि जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको छ । जिल्लामा बिहीबार बिहानदेखि मौसममा खराबी देखिएसँगै हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ ।अहिले भने हिमपात रोकिएको छ । झन्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो । जल तथा मौसम विभागका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना रहेको बताइएको छ ।