विश्व

मूल्यवृद्धिको विरोध प्रदर्शनमा झडप, १९ जनाको मृत्यु



एजेन्सी १३ पौष । सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन झडप हुँदा १९ जनाको मृत्यु भएको छ ।

खाद्य र इन्धनको चर्को मूल्यवृद्धिको विरोध हुँदा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप भई दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ ।

सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।  प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जनाइएको छ ।

 उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।