मुस्ताङ, १४ पौष । हिमालपारिको जिल्लाको मुस्ताङको शनिवारको तापक्रम माइनस ७ डिग्री पुगेको छ भने हिउँ अझै नपग्लिए पछि जनजीवन कष्टकर बनेको छ ।
दिउँसो घाम लाग्ने र आकाश खुल्ने गरेका कारण तपाक्रम माइनस एकदेखि शून्य डिग्रीसम्म सेल्सियस रहने गरेको छ । दुई दिनअघि परेको हिउँले चिसोका कारण खोलाका पानी पनि जमेको छ ।
मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीका अनुसार चिसोका कारण सर्वसाधरणहरु घरबाट बाहिर निस्केका छैनन् । मुस्ताङको तल्लोभन्दा उपल्लो मुस्ताङमा बढी चिसो भएको छ ।
दुई दिनदेखि तीव्र गतिमा हावा नचलेका कारण केही राहत भएको छ । जिल्ला प्रशासन कार्यालयले चिसोका कारण ज्यानै जान सक्ने भएका कारण बालबालिका, वृद्धवृद्धा तथा रोगीहरुलाई विशेष ध्यान दिन सर्वसाधारणहरुलाई अनुरोध गरेको छ ।










प्रतिक्रिया दिनुहोस्