काठमाडौँ, १४ पौष । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले कंचनपुरकी १३ वर्षिया निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरीको खोरभित्र पुग्ने बताउनुभएको छ ।
सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निर्मला पन्त हत्याले नेपाल प्रहरीलाई सबैभन्दा दुःखित बनाएको बताउँदै प्रहरी पन्त हत्या प्रकरणमा गम्भीर र संवेदनशील भएको बताउनुभयो ।
उहाँले आर्थिक वर्ष ०७४/०७५ मा प्रहरीमा बलात्कारसम्बन्धी एक हजार ८८० मुद्दा दायर भएकोमा र एक हजार ३६६ मुद्दाको प्रहरीले सफल अनुसन्धान गरी दोषीलाई कारवाही गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोङ्गबुमा कार्यरत प्रहरी हवल्दार पुरुषोत्तम अधिकारी र प्रहरी जवान चमेली कँडेललाई सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्