वीरगञ्ज, १६ पौष । वीरगञ्जबाट लागूऔषधसहित दुईजना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने की २१ वर्षीया रोजी नगरकोटी र काभ्रेको बनेपा नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-७ चाबहिल कुमारी गाल बस्ने २८ वर्षीया रितु थापालाई पक्राउ गरेको हो ।
उनीहरुलाई डाइजेल्याप ६४, फेनार्गन २३ र १९ एम्पुल नूफिर्नसहित वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरस्थित सडकबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्