समाचार

यूएईमा सन् २०१८ मा १०३ नेपालीको मृत्यु



काठमाडौँ, १७ पौष । यूएईमा सन् २०१८ मा १०३ नेपालीको मृत्यु भएको छ ।

यूएईको राजधानी अबुधाबी स्थित नेपाली राजदुतावासले सोमवार एक बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । सन् २०१८ जनवरीदेखि डिसेम्बर सम्म बैदेशिक रोजगारीका सिलसिलामा नेपालीहरुको मृत्यु हुनेको संख्या १०३ पुगेको छ । यूएईका सात राज्य दुबई, अबुधाबी, रसेलखेमा, सारजहाँ, अजमान, उमलक्वीन, फुजिराहमा कामको सिलसिलामा ३ लाख भन्दा बढ़ी नेपालीहरुले श्रम गरी रहेका छन । हालसम्म प्राकृतिक कारण ४७, आत्महत्या ३३ र दुर्घटनाका कारण २३ जना गरी १०३ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

साथै बाकि ४ जनाको भने प्रकियामा नै रहेको दुतावासले जनाएको छ। हाल नेपालीहरुको रोजगारीका लागि प्रमुख़ गंतव्य यूएई रहेको छ । उधोग, ब्यापार, जागीर, आदि विभिन्न पेसामा नेपालीहरुको उल्लेख्य बृद्धि भएको छ ।