काठमाडौं, १७ पौष । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्रविरुद्ध ९ वटा उजुरीहरु परेका थिए । उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो ।
जबराले आफूले खराब नियत राखेर नियमविपरित काम नगरेको बताएका थिए । साथै आफू प्रधानन्यायाधीश बनेमा आफ्नो अनुहार कुरूप हुने कुनै काम नगर्ने प्रतिवद्धता जनाएका छन ।










प्रतिक्रिया दिनुहोस्