काठमाडौं, १८ पौष । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् । उक्त सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी रहेका थिए ।
जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् भने उनी चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् । उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्