जनकपुरधाम, १८ पौष । जनकपुरमा अक्सिजन ग्यास सिलिण्डरको सहयोगमा चोरी गर्ने तीन जनालाई प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।
प्रहरी कार्यालय धनुषाले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-४ महावीरचोकका २२ अभिमन्यूकुमार साह, महोत्तरी औरही नगरपालिका-३ सोनामाईका १८ वषर्षीय रमेशकुमार यादव र धनुषाको औरही गाउँपालिका-१ का २१ वर्षीय इलियाकत राइन रहेका छन् ।
उनिहरुले अक्सिजन ग्यास सिलिण्डरको सहयोगले जनकपुर बजार क्षेत्रको सटर काटेर चोरी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट एलइडी टिभी, ल्यापटप, ६ थान मोबाइल, घरेलु हातहतियार, सुनचाँदीको विभिन्न गरगहना, ढोका र झ्यालमा लगाउने १० थान पर्दा, अक्सिजन ग्यास सिलिण्डर समेत बरामद गरेको छ ।
उनीहरूमाथि मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्