काठमाडौं, १८ पौष ।a नेपाली कांग्रेसले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थप गरेको छ ।
आज सभापति शेरबहादुर देउवाले ललितपुरका उमेश श्रेष्ठ, मोरङका डा डिला सङ्ग्रौला पन्त, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङका पार्वता डिसी चौधरीलाई कांग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य थप गरेका हुन्।
सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम पदमा थप गरेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्