Banner News

पुननिर्माणमा राजनीतिः प्राधिकरणका सिइओ कांग्रेसको प्रचार प्रसारमा रमाउँदै



 

काठमाण्डौ,२० फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख र एक मात्रै काम भूकम्प पीडितका लागि काम गर्नु हो । सबैलाई थाह छ भूकम्प पिडीतको कामले गति पाउन सकेको छैन् । भूकम्प पिडीत आम जनता अहिलेसम्म विचल्ली परेका छन् । भूकम्प पिडीतका लागि काम गर्न प्रमुख जिम्मेवारी पाएको व्यक्ति भूकम्पको होइन,कुनै राजनीतिक पार्टीको संगठन विस्तारको योजना बनाउँछ र त्यही योजना कार्यान्यन बनाउँन हिड्छ भने कसरी भूकम्प पिडीतको पक्षमा राज्यले कामलाई अघि बढाउन सक्छ ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणलाई हाँक्न सकेनन् भनेर विभिन्न आरोप लगाएर हटाएपछि नेपाली काँग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित डा। गोविन्दराज पोखरेललाई सरकारले नयाँ सिइओ बनायो । तर, प्राधिकरणको सिइओ बनेको एक महिना नवित्दै पोखरेल प्राधिकरणको काम छाडेर नेपाली काँग्रेसको राजनीतिमा रमाउँन थालेका छन् ।
केही दिनअघि बांगेसालमा काँग्रेसले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो । त्यसको प्रमुख अतिथि बनेका थिए, केन्द्रीय नेता डाशेखर कोइराला । अरु पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्ने कार्यकर्ताहरुको स्वागत गर्न राखिएको उक्त कार्यक्रममा भाग लिन डा। पोखरेल कोइरालासँगै पुगेका थिए । उनले उक्त आमसभामा काँग्रेसका पक्षमा भाषण गरेका थिए ।

स्थानीय तहको चुनाव घोषणा भएपछि अहिले गाउँ–गाउँमा सबै पार्टीले कार्यक्रमहरु गरिरहेका छन् । आफ्नो पकड बलियो देखाउन पार्टी प्रवेशको कार्यक्रमहरु पनि व्यापक रुपमा भइरहेका छन् । प्राधिकरणका सिइओ पोखरेलले पनि बांगेसालमा भएको पार्टी प्रवेश कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।

यस विषयमा एमाले प्यूठानका अध्यक्ष तुलसीराम शर्माले प्राधिकरणको सिइओको काँग्रेसको आमसभामा सहभागिताको कडा शब्दमा निन्दा गरेका छन् । अध्यक्ष शर्माले भने, ‘राज्यको जिम्मेवार ठाउँमा रहेका व्यक्तिले एउटा पार्टीको कार्यक्रममा भाग लिनु सुहाउँदो विषय होइन । हामीले प्यूठानमा आएर उनले काँग्रेसका कार्यक्रमहरुमा सहभागिता जनाउनुका साथै अरु राजनीतिक गतिविधि पनि गरिरहेको थाहा पाएका छौं । यो निन्दनीय कार्य हो ।’