अर्थ

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं, १९ पौष । आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुन तोलामा ८ सयले बढेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदी  तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।