समाचार

चरेस सहित २ जना पक्राउ



धादिङ, १९ पौष । धादिङको गजुरीमा  २ सय ३५ किलो चरेशसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा पटेर्वा गाउँपालिका–१ का लाल मोहम्मद गद्दी र भारत उत्तरप्रदेशका सतेन्द्रसिंह बगेल रहेको प्रहरीले जनाएको छ ।

बुधबार गजुरीमा रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकमा खानतलासी गर्दा २ सय ३५ किलो चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेका २ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।