काठमाडौं, २० पौष । तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ ।
सिन्धुपाल्चोक बाँडेगाउमा रहेको बम्जनको आश्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको समन्वयनमा छापा मारेको प्रहरीले जनाएको छ ।
तपस्वी बमजनमाथि आफ्ना अनुयायीलाई दुव्र्यवहार गरेको आरोप लागेपछि उनको आश्रममा प्रहरीले छापा मारेको हो । जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति लिएर आश्रममा खानतलासी गरी अनुसन्धन भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्