पाँचथर, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताएका छन ।
आज पूर्वी नेपालका भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक हरेक दिन एक कदम अघि बढिरहेको छ,भन्दै कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढिरहेको बताएका छन ।
प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने क्रममा उनले भने ‘मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ’, ‘सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ ।
साथै मुलुकमा भूकम्पपछिको पुनः निर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले पुरातात्विक पुनःनिर्माणसमेत द्रुत हुने बताए ।
प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम समेत अघि बढेको बताएका छन ।










प्रतिक्रिया दिनुहोस्