राजनीति

रासायनिक मलमा अनुदानको दुरुपयोग : अर्थमन्त्री खतिवडा



काठमाडौं, २० पौष । अर्थमन्त्री डा. युवराज खतिवडाले रासायनिक मलमा दिँदै आएको अनुदानको दुरुपयोग हुने गरेको बताएका छन ।

आज कृषि, सहकारी तथा प्रकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले नेपालमा रासायनिक मल धेरै सस्तो भएका कारण भारततिरै चोरी तस्करी हुने गरेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने भए जस्तै रासायनिक मलको हकमा पनि त्यो लागू गर्नुपर्ने बताएउदै  उनले भने  ‘कति रुपयाँ अनुदान भनिन्छ त्यति नै रुपैयाँ कर उठाउनुपर्ने हुन्छ । राज्यको काम कर उठाउने हो र अनुदान दिने हो । त्यसकारण त्यति नै पैसा हामी को बाट उठाउँछौ रु कृषिमा हामी कर नै लगाउँदैनौं ।

सेवा क्षेत्रमा लगाइएको करबाट हामी यति धेरै अनुदान दिन सक्छौं कि सक्दैनौं रु’  ‘हामीले विगतमा भन्दा करिब २० प्रतिशत अनुदान थप गरेका छौं । ४ अर्बबाट ५ अर्ब पुर्याएका छौं’, खतिवडाले भने ।

निजी क्षेत्रबाट, भारतसँग संयुक्त लगानीमा सरकारीस्तरबाटै पनि रासायनिक मलको कारखाना खोल्न सकिने विषयमा बिभिन्न अन्र्तराष्ट्रिय मञ्चहरुमा समेत नेपालले राख्दै आएको उनले बताए ।